राष्ट्रिय खबर

दमकमा कोरोनाले अहिले सम्म १९ जनाको मृत्यु ,४१९ संक्रमित, २५० ले जिते कोरोना, लक डाउन गर्न माग


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १७, १४:५७

दमक/झापाको दमकमा कोरोना संक्रमणको दर उच्च गतिमा बढेको छ । निजी स्वास्थ्य संस्था मार्फत समेत कोरोना परिक्षण गर्न शुरु भएसंगै परिक्षणको दर बढेको र संक्रमितको संख्या पनि उच्च देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल सम्म दमकमा कोरोना संक्रमणका कारण एक जना पूर्व स्वास्थ्यकर्मीसहित १९ जनाको मृत्यु भएको तथ्याङक रहेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । संक्रमितको संख्या हिजो सम्ममा ४१९ पुगेको छ । आज पनि थप ३०– ४० जना नया संक्रमित पहिचान हुने क्रममा रहेको जनाइएको छ । दमकमा संक्रमित मध्ये ४० जना जति स्वास्थ्यकर्मी मात्रै रहेका छन । कूल संक्रमित मध्ये दमकका २५० जनाले अहिले सम्म कोरोना जितेका भट्टराईले बताए ।

आम्दाकी पूर्व स्वास्थ्यकर्मी तामाङ रहिनन
दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी स्टाफ नर्स लमु तामाङको हिजो कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया तामाङको मृत्यु भएको हो । उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको भट्टराईले बताए । हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्यु भएको थियो ।

यसैबीच दमकमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको भन्दै सुरक्षाका लागि तत्काल बन्दाबन्दी अर्थात लकडाउन गर्नुपर्ने माग समेत उठेको छ । दमकका कतिपय व्यवसायी तथा राजनीतिक , सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत दमकमा तत्काल लकडाउन गर्नुपर्ने आवाज उठाएका हुन । दमकका उद्योगी एवम् राष्ट्रिय युवा संघ नेपालका एक नम्बर प्रदेश कमिटी सदस्य राजकुमार थापाले आफनो फेसबुक वालमा धारणा राख्दै तत्कालका लागि दमकमा लकडाउनको विकल्प नरहेको भन्दै  रोकारवालाहरुबीच छलफलको आवश्यकता औंल्याएका छन ।

संघका दमक नगर अध्यक्ष राम पौडेलले पनि फेसबुक वालमा आफनो धारणा राख्दै अब लकडाउन गरेर भएपनि सुरक्षित बस्नुपर्ने सुझाएका छन । उनले दमकमा लकडाउनका लागि उद्योगी व्यवसायीहरुले सकारात्मक हुनुपर्ने संकेत गरेका छन । दमक उद्योग वाणिज्य संघका पूर्व पदाधिकारी रामचन्द्र बरालले फेसबुक वालमा लक डाउनको आवश्यकता औंल्याउदै आशिंक किसिमको समय र यो वा त्यो क्षेत्र तोकेर गरिने बन्दाबन्दीको औचित्य नरहने तर पूर्ण रुपमा बन्द गरेर भने केही हद सम्म सुरक्षित हुन सकिने उनको धारणा छ । निष्कर्स न्युज बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु