धर्म सस्कृति

रंग र चित्रको आकृति छान्नुहोस् र आफ्नो स्वभाव चिन्नुहोस्


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक १७, १६:०८

एजेन्सी । तपाईलाई मनपर्ने रंग र चित्रको आकृतिले तपाईको स्वभाव बताउछ । यसमा तपाईलाई विश्वास लाग्नु नलाग्नु अलग कुरा हो ।
माथि तस्बिरमा ६ चित्रहरुमध्ये रंग र आकारको आधारमा तपाईलाई मनपर्ने एउटा रोज्नुहोस् । अब आउनुहोस् तपाईले रोज्नु भएको चित्रको आधारमा तपाईको व्यक्तित्व तपाई आफैं पढेर थाहा पाइराख्नुहोस् :

१. तटस्थ

नम्बर एकको चित्र तपाईले रोज्नुभएको छ । यसको अर्थ हो तपाई तटस्थ स्वभावको हुनुहुन्छ । तपाईलाई समुद्री तट अर्थात नदी किनारा खुब मन पर्छ । जाडोभन्दा अलि गर्मी मौैसम रुचाउनुहुन्छ । जीवनको भागदौडका बीचमा पनि आनन्दको क्षण केही पलका लागि भए पनि निकाल्न तपाई खप्पीस हुनुहुन्छ । अप्ठ्यारो समयमा समेत तपाई अविचलित रहनुहुन्छ । वैचारिक विवादको समयमा सकेसम्म तपाई कसैको पक्ष नलिई तटस्थ बस्न रुचाउनुहुन्छ । तपाईको यही स्वभावले गर्दा तपाई धेरैको प्रिय हुनुहुन्छ ।

२. विनम्रता

तपाईको विनम्र स्वभावले गर्दा तपाई अरुको भावनालाई तुरुन्त बुझ्नुहुन्छ र अरुको भावनालाई पनि तपाई आफ्नै सम्झन थाल्नुहुन्छ । तपाई दयालु हुनुहुन्छ, धर्मकर्ममा रुची राख्नु हुन्छ । शायद तपाई शाकाहारी पनि हुनुहुन्छ अथवा जीवनको कुनै मोडमा पुगेर तपाई शाकाहारी बन्नुहुन्छ । चिया,पुस्तक र घुमघाम यी तीन कुरा पाएपछि तपाईलाई अरु केही चाहिदैन ।

३.जुझारू

तपाई एक शान्तिप्रेमी,सौम्य र निकै सोचविचार गरेर मात्र काम गर्ने व्यक्तिमा पर्नुहुन्छ । यसले तपाईलाई अरुको तुलनामा छुट्टै स्थान दिलाउछ । तपाईमा स्टाइलप्रति बेग्लै रुची छ । फेसनमा मात्र होइन घर सजाउने कलामा पनि तपाई पोख्त हुनुहुन्छ । अरुले समेत स्टाइल र कलाको बारेमा तपाईसँग परामर्श लिन रुचाउछन् ।

४. मनमोजी

नम्बर ४ को चित्र तपाईले रोज्नुभएको छ भने तपाई मनमोजी स्वभावको हुनुहुन्छ । तपाई हरेक महोल र वातावरणलाई रमाइलो बनाउन खप्पीस हुनुहुन्छ । तपाई जहाँ जहाँ जानुहुन्छ, त्यहाँ छुटै रमाइलो वातावरण बन्छ । तपाईको सवालजवाफ कला पनि अरुको भन्दा उत्कृष्ट छ । तपाईलाई दिन भन्दा रातको समय अझ प्रिय लाग्छ । तपाई जुनसुकै वातावरणमा पनि तुरुन्तै घुलमिल गर्न सक्नुहुन्छ । तर नयाँ मान्छेहरुको अगाडि भने थोरै समय भित्रभित्रै नर्भस महसुस गर्नुहुन्छ ।

५. विवेकशील

तपाई भुँइमान्छे हुनुहुन्छ । मान्छेहरु तपाईको आदर्श र विचारबाट प्रभावित हुन्छन् । तपाई आफैं पनि विचारशील व्यक्तिहरुबाट सल्लाह लिन मन पराउनुहुन्छ । तर कहिले काही कुनै कुनै कुरामा तपाई आवश्यकताभन्दा बढी चिन्ता गर्नुहुन्छ । यसले गर्दा तपाई कहिले काहीं निराश पनि बन्नुहुन्छ ।

६.नायक

तपाई अत्यन्त भावुक व्यक्तिमा पर्नुहुन्छ । साहासिक र चुनौतिपूर्ण कार्य गर्न तपाई रुचाउनुहुन्छ । मौका पाउनसाथ हिरोले गर्ने काम गर्न पनि तपाई पछि पर्नुहुन्न । साथीभाइलाई तपाई आफ्नो परिवार जस्तै मान्नुहुन्छ । तपाई इमान्दार,बलियो र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्नसक्ने व्यक्ति हुनुहुन्छ ।

–एजेन्सी ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु