घटना

झापा र सुनसरीमा भएका चार दुर्घटनामा दुई जनाको मृत्यु


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १८, ०८:५१

दमक/प्रदेश एक अन्तर्गत झापा र सुनसरीमा भएका चार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना नाबालिका गम्भिर घाइते भएका छन ।
धरान ८ स्थित कोशी लोकमार्गमा पर्ने जंगलमा अज्ञात सवारीको ठक्करबाट तत्काल पहिचान खुल्न नसकेका अन्दाजी २५ बर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी धरान २ भानुचोकस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पहिचान नखुलेको अन्दाजी ४० बर्षका पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाईते उनको धरानस्थित घोपामा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
झापाको शिवसताक्षी नपा १ प्रगति नगर चोक स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेकोमे १ ह ७५६१ नं को टेम्पोले बिपरित दिशाबाट आइरहेको साइकल यात्री सोही ठाउकी ११ बर्षिया आरती खडकालाइ ठक्कर दिदा खडका र सोही ठाउकी ४ बर्षिया कृतिका पौडेल गम्भिर घाईते भएका छन ।
घाईते दुवै जनालाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड पठाइएको र टेम्पो चालक प्रहरी नियन्त्रणमा रहेका जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु