मुख्य खबर

दमकका उद्योगी व्यवसायीको निष्कर्ष – निषेधाज्ञा लगाऔं , उपचारको बन्दोबस्ती मिलाउ


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १८, १३:३७

दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञासहितको पूर्णरुपमा बन्दाबन्दी गर्नुपर्ने माग गरेको छ ।

दमक उद्योग वाणिज्य संघले हिजो गरेको छलफलपछि नगरपालिकालाई सुझाव दिने निर्णय गरेको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा संक्रमण भयावह अवस्थामा रहेका कारण दिनानुदिन संक्रमितहरुको मृत्यु भइरहेकाले संघको कार्यालयमा संघको कार्यसमिति,सल्लाहकार समिति, बस्तुगत संघका प्रतिनिधी तथा भूतपूर्व अध्यक्षहरु समेतको उपस्थितिमा गरिएको छलफलपछि त्यस्तो निर्णय गरिएको बताए ।

संघले दमक क्षेत्र उच्च जोखिममा रहेका कारण हाल उत्पन्न जोखिम न्यूनिकरण गर्नका निमित्त केही समयका लागि यस दमक क्षेत्र भित्र पसल व्यवसाय लाई मात्र बन्द गर्ने गराउने खालको लकडाउन नभई पुर्ण रुपमा वन्दा वन्दि हुने गरि निषेधाज्ञा जारी गर्नेू पर्ने निष्कर्ष निकालेको हो । संघले संक्रमितको संख्या अत्याधिक मात्रमा बढी रहेका कारण औषधी उपचारको अभावबाट संक्रमितको मृत्यु भइरहेको समेत निष्कर्ष निकाल्दै आवश्यक मात्रामा अक्सिजन,आइसियु तथा भेन्टीलेटर र आवश्यक स्वस्थ्य उपचारको प्रवन्ध मिलाउन पनि माग गरेको छ । संघले निजी क्षेत्र संग समेतको सहकार्यमा त्यस्तो प्रवन्ध मिलाउन सकिने प्रस्ताव समेत गरेको छ । संघले कोभिड १९ को संक्रमणको जोखिमबाट सतर्कता अपनाउनका लागि गरिने जस्तो सुकै कार्यका लागि पनि संघको तर्फबाट साथ सहयोग र समन्वय गर्न सकिने पनि उल्लेख गरेको छ । यसैबीच दमक नगरपालिकाले अहिले राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला पक्षहरुसंग दमकमा बन्दा बन्दी गर्ने बिषयमा राय सुझाव संकलन गर्न अन्तरक्रियात्मक छलफल जारी राखेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु