दमक ,कार्तिक १८ । दमक ८ घर भएकी ६५ वर्षिया लमु तामाङको कोरोना संक्रमणबाट मृत्यु नभएको परिवारले स्पष्ट पारेको छ । ती महिला स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको समाचार प्रकाशित भएको थियो । दमकको आम्दा अस्पतालमा लामो समय काम गरेर अवकास भएकी उनको गत आइतवार विराटनगरको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचार अघि गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपनि उपचारका क्रममा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि दमक नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमणबाट नै मृत्यु भएको सार्वजनिक गरेको थियो । स्वास्थ्य शाखाका कुवेर भट्टराईले प्राविधिक भूलवस हुन पुगेको भन्दै सुधार गरिएको प्रष्टयाए । ती मृतकलाई कोरोना मृतकको सूचिवाट हटाइएको उनले जनाए । दमकमा हालसम्म संक्रमणवाट १८ जनाको ज्यान गएको छ ।यसैवीच,मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । मृतकका छोराछोरी वेलायत रहेका आएलगत्तै अन्त्येष्टि गरिने जनाईएको छ ।

त्यस्तै बिर्तामोड ५ निवासी मनोज बराइलीको कोरोनाका कारण मृत्यु नभएको नगरपालिकाले जनाएको छ । बराइलीको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मुटु रोगी ६५ वर्षिय बराइलीले केही वर्षअघि मुटु प्रत्यारोपण गरेका थिए । उनको पिसिआर रिपोर्ट केही दिनअघि पोजिटिभ आएकोमा उनी संक्रमणबाट निको भइसकेका थिए । मृत्युपछि गरिएको परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यद्यपि उनको नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर