कोरोना

पछिल्लो २४ घण्टामा ३१४२ जना निको भए


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १८, १९:१३

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् ।

हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् ।

यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ७८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु