दमक/दमकमा आज जिल्लामै सर्वाधिक ३० जनासहित झापाका विभिन्न स्थानीय तहमा कूल ६६ जना कोरोनाका नया बिरामी थपिएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाइका अनुसार आज दमकका थप १४ महिला र १६ पुरुषमा कोरोना देखिएको हो ।

दमकपछि विर्तामोडका १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी भद्रपुरमा ७ , कमलमा २, गौरादहमा ४, गौरीगञ्जमा २ मेचीनगरमा ३, बुद्धशान्ति र अर्जुनधारामा १÷१ र कन्काई नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण हिजो र आज दमक, कमल र गौरादहमा एक÷एक जनाको मृत्यु भएको छ । जिल्लाभर कोरोना संक्रमित मृतकको संख्या ५३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८१३ छ भने १ हजार ३ सय ५४ जनाले कोरोना जितेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय