राष्ट्रिय खबर

कहिलेदेखि शुरु भयो नेपालमा भारतीय सेनाप्रमुख महारथी हुने र भारतमा नेपाली सेनाप्रमुख महारथी हुने प्रचलन ?


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १९, ०७:५०

भर्खरै

कहिलेदेखि शुरु भयो नेपालमा भारतीय सेनाप्रमुख महारथी हुने र भारतमा नेपाली सेनाप्रमुख महारथी हुने प्रचलन ?

खेमराज थापा
प्रकाशित : २०७७ कार्तिक १८ गते १९:२६
39
Shares
sharethis sharing button

काठमाडौं। भारतीय सेनाप्रमुख मणिमुकुन्द नरवणे बुधबार तीनदिने भ्रमणका लागि काठमाडौंमा उत्रिँदै छन्। गत वर्ष भारतीय सेनाको प्रमुख नियुक्त भएका नरवणेको नेपाल भ्रमण यसअघि नै हुनुपर्ने भए पनि कोरोना भाइरस महामारी र नेपाल–भारत सम्बन्धमा आएको तिक्तताकाा कारण अलि ढिलो गरी हुन लागेको छ।

जर्नेल नरवणेको नेपाल भ्रमण परम्पराको निरन्तरता हो। अथवा भारतका सेना प्रमुखले नेपाली सेनाको मानार्थ महारथी पदवी ग्रहण गर्ने प्रचलनका लागि उनी नेपाल आउँदै छन्। नक्सा विवादका कारण नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएको र कूटनीतिक मौनता कायम रहको बेला हुन लागेको उनका भ्रमण थप महत्वपूर्ण बनेको छ।

नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितल निवासमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्राप्त गर्दै छन्। यसरी नेपाली सेनाको महारथी पाउने उनी भारतका १८ औं जर्नेल हुन्। यसअघि भारतका १७ जना जर्नेलले यो पदवी पाइसकेका छन्। नरवणे सो पदवी पाउँदैछन्।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लवभ पौडेलका अनुसार हालसम्म नेपालका १४ जना प्रधानसेनापतिले भारतीय सेनाको महारथीको पदवी पाइसकेका छन्। उनका अनुसार सन् १९६९ मा नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको महारथी पदवी प्राप्त गरेका थिए। तर, राणाकालमा पनि बबर शम्शेरले भारतीय सेनाको महारथी पदवी पाएको केही इतिहासकारले दावी गरेका छन्। तर, नेपाली सेनाको इतिहासमा भने सुरेन्द्रबहादुर शाह नै पहिलो भारतीय मानार्थ महारथी हुन्।

नेपाली प्रधानसेनापतिले भारतीय सेनाको महारथी पाउनुभन्दा करिब २० वर्ष पहिला नै भारतीय जर्नेलले नेपाली सेनाको मानार्थ महारथीको पदवी पाएका थिए। सन् 1950 मा स्वतन्त्र भारतका सेनापति जर्नेल केएम करियप्पाले नेपाली सेनाको मानार्थ महारथीको पदवी पाएका थिए।

तर, त्यसअघि पनि ब्रिटिश इण्डियाका सेनापतिहरुले राणा कालमा पनि यस्तो मानार्थ पदवी लिने गरेको इतहासकारहरुको दावी छ। तर, नेपाली सेनाले भने नेपाली सेनाको पहिलो मानार्थ महारथी पदवी पाउने पहिलो भारतीय जर्नेल केएम करियप्पा नै भएको जनाएको छ।

दुई स्वतन्त्र देशका सेना प्रमुखलाई किन मानार्थ महारथी बनाउने प्रचलन शुरु भयो भन्ने यकिन तथ्य नभए पनि भारतले नेपालको सुरक्षा जिम्मा लिने रणनीतिअनुसार यो प्रचलनको शुरुआत भएको आकलन गरिन्छ।

उत्तरी छिमेकी चीनले तिब्बतलाई कब्जामा लिन थालेपछि काठमााडौंस्थित तत्कालिन भारतीय राजदूत सर सिपिएन सिन्हाले १८ फेब्रुअरी १९५० को मितिमा तयार गरेको ३ पृष्ठ लामो र ३ बुँदे ‘नोट’मा नेपालको सुरक्षा जिम्मा भारतले लिने कुरा उल्लेख गरिएको सैन्य इतिहासका जानकार सन्तोष खडेरीले लेखेको एक लेखमा उल्लेख गरिएको छ। र राजदूत सिंहले आफ्नै कार्यकालमा १९५२ नेपालमा वैधानिक रुपमै नेपालमा भारतीय सेना उतारेका थिए। नेपाली सेनाको आधुनिकीकरणका लागि आएको भारतीय मिलिट्री मिसनले नेपाल र तिब्बतको सीमामा १८ वटा चेकपोस्ट बनाएको र १८ वर्षसम्म नेपालमा रहेको इतिहास छ।

नेपालमा भारतीय सैन्य मिसन आगमनको वातावरण बनाउन पनि भारतीय सेनाप्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी बनाइएको तथ्यहरुले दखाउँछन्। तर, दोस्रो पटक भने १९६९ मा मात्र भारतीय सेनाप्रमुखले नेपाली सेनाको महारथी पदवी पाए भने नेपालले पनि सोही वर्ष पहिलो पटक सुरेन्द्रबहादुर शाहका रुपमा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथी पाएको थियो।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु