काठमाडौं, कार्तिक १९ । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का नेता ईश्वर पोखरेलले कार्यकर्ता, जनताको भावना र राष्ट्रको आवश्यकताले गरिएको ऐतिहासिक पार्टी एकताको डोरी चुँडिन दिन नहुने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हेर्ने गरी नयाँ जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेलले ऐतिहासिक पार्टी एकतालाई बचाउन त्यसबेला गरिएका सहमतिबाट निर्देशित भएर पार्टी चल्नुपर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्दै उनले भने “पार्टी एकताका बेला भएका सहमतिबाट निर्देशित भएर चल्नुपर्छ, त्यो भनेको दुई अध्यक्षबीचको सहमति नै हो । अन्य नेताहरूसँग परामर्श, कमिटीमा छलफल र त्यसले गरेको निर्णयका आधारमा अगाडि बढ्नुपर्छ ।”

नेता पोखरेलले सहमतिबाहेक समीकरणको बाटोबाट हिँडियो भने सहमति जुट्न नसक्ने बताएका छन । उनले भने “सहमतिका आधारबाट होइन, नयाँ समीकरण गरेर आफ्नो चाहना पूरा गर्ने कोशिश हुँदा समस्या देखा परेको हो ।” दुई अध्यक्षबीच भेटघाट, छलफल, सल्लाह भए पनि फेरि अन्यत्र अर्कै समीकरण बन्ने गरेकाले पटक–पटक पार्टीमा समस्या निम्त्याएको पोखरेलको भनाई छ ।

नेकपाभित्रको वर्तमान समस्या अन्तरविरोध जस्तो देखिए पनि विभिन्न स्वार्थको टकराव मात्र भएकोसमेत उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय