अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा भएको देखाएको छ ।

योसँगै रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कसले जित्ने भन्ने चुनौति पनि बढ्दै गएको छ ।

फ्लोरिडामा जो बाइडनको भन्दा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढी देखिएको बीबीसीले जनाएको छ । तथापी पेन्सिलभेनिया, विस्केन्सिन, मिसिगन, एरिजोन, ओहायो, टेक्सास तथा नर्थ कैरोलाइनाको चुनावी परिणाममा कसको जित हुने भन्ने कुरा भर पर्नेछ ।

मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतादान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय