राष्ट्रिय खबर

पुण्य गौतम पक्राउ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १९, १३:०२

काठमाडौं : शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु