भारतको गोवामा यतिबेला पूनम पाण्डेले माहौल निकै तात्तिएको छ । उनीविरुद्ध गोवा फरवर्ड पार्टीकी महिला विंगले एफआइआर दर्ता गरेका छन् । पूनम हालै गोवाबाट सुटिङ गरेर मुम्बई फर्केकी छिन् । अब उनीमाथि चपोली ड्याममा अश्लील भिडियो सुट गरेको आरोप लागेको छ ।

एएनआईका अनुसार नायिका पूनम पाण्डेको अश्लिल भिडियोको सुटिङका लागि केनाकोना पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ । साथै, गोवा फरवर्ड पार्टीको वुमेन विंगले पूनम पाण्डेविरुद्ध चपोली ड्याममा अश्लिल भिडियो सुट गरेका कारण ऊजुरी दर्ता गरेका छन् ।

विवाहका कारण चर्चामा रहिन् पूनम पाण्डेः

पूनम पाण्डे सेप्टेम्बरमा आफ्नो विवाहका लागि चर्चामा आएकी थिइन् । उनले आफ्ना प्रेमी स्याम बम्बेसँग विवाह गरेकी थिइन् । विवाहको केही दिन पछि पूनम पाण्डेले श्रीमानमाथि कुटपिटको आरोप लगाएकी थिइन् । एफआईआरसमेत दर्ता गराएकी थिइन् । त्यसको केही समयपछि पूनमले श्रीमानसँगको फोटो र भिडियो सेयर गरेर अब सबै कुरा ठिक भइसकेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय