मुख्य खबर

महरा पत्नीको शव सेनाद्वारा व्यवस्थापन


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १९, १६:०९

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । निमोनियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भएपछि उनको शब सेनाले व्यवस्थापन गरेको हो ।

शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु