कोरोना

थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३० को मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १९, १६:४१

बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु