मुख्य खबर

प्रधानमन्त्री ओलीलाई धन्यवाद दिंदै डा. बाबुराम भट्टराईले गरे यस्तो ट्वीट


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १९, १९:५९

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर आफूलाई स्वास्थ्यलाभको शुभकामना दिएको बताएका छन् ।

बुधवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले आफ्नो स्वास्थ्यलाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै नेकपाभित्रको लडाईं अग्रगामी र पश्चगामीबीचको भएको टिप्पणी गरे ।

‘हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम ओलीलाई धन्यवाद दिँदै यो तीतो सत्य भन्नैपर्छ,’ उनले लेखेका छन्, ‘नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो !’

उनले ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको भन्दै कडा राजनीतिक प्रहारसमेत गरे ।

‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेकासँग सहकार्य गरे । पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ !अब के ? सबैले सोचौं !’ उनले लेखेका छन् ।

डाक्टर भट्टराई र उनकी श्रीमती हिसिला यमी यतिबेला कोरोना संक्रमित भएर आइसोलेसनमा रहेका छन् ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु