वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावको मत गणना जारी रहेको भएपनि रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु विजय भएको दावी गरेका छन् । ट्रम्पको उक्त दावीको जवाफमा डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनले विजयको घोषणा आफुले नभई जनताले गर्ने प्रतिक्रिया दिएका छन् । केही महत्वपुण राज्यहरुमा लाखांैं हुलाकी मतपत्रको गणना भइरहँदा डेमोक्र्याटले धाँधली गरेको ट्रम्पले आरोप लगाएको छ ।
लाखौं लाख जनताले आज मतदान गरे, र अत्यन्तै उदास समुहले त्यो समुहलाई पन्छाउने प्रयास भइरहेको छ र हामी यसका लागि उभिन सकेका छैनौं , ट्रम्पले बताए ।यो अमेरिकी जनतामाथि भएको कपट हो । यो देशकै लागि निरासजनक स्थिति हो । हामी यो चुनाव जित्न गइरहेका छौं । प्रष्ट भन्नु पर्दा हामीले यो चुनाव जित्यौं , राष्ट्र्रपति ट्रम्पले दावी गरे ।

बाइडेनका चुनाव प्रचार प्रबन्धक क्रिस क्रिस्टिले उक्त अपरिपक्व घोषणाले ट्र्रम्पमाथि विश्वसनियतालाई समाप्त पारेको प्रतिक्रिया दिएका छन् । अहिलेसम्मको मतगणनाको स्थिति बाइडेनको पक्षमा २२४ इलेक्टोरल भोट परिसकेको छ भने ट्रम्पको पक्षमा २१३ इलेक्टोरल भोट आइसकेको छ । केही सन्चार माध्यमले एरिजोनाको नतिजा सहित बाइडेनको २ सय ३८ र ट्रम्पको २ सय १३ इलेक्टोरल भोट पुगेको देखाएको छ ।

जोय बाइडेनले क्यालिफोर्निया, न्यु मेक्सिको, कोलोराडो, इलिनोइज, वासिंगटन, ओरेगन, मिनिसोटा, न्युयोर्क, भर्जिनिया, मेरिल्यान्ड, न्युजर्सी, म्यासाच्युसेट्स, डिस्ट्रिक्ट अफ कोलम्बिया लगायतका राज्यहरुमा जित हासिल गरेको छ । तर स्विंग स्टेट्सका रुपमा रहेको तर जितका लागि महत्वपुर्ण मानिएका टेक्सस र फ्लोरिडामा उनी चुकेका छन् ।

त्यसैगरी डोनाल्ड ट्रम्पले फ्लोरिडा, टेक्सस, लुजियाना, साउथ क्यारोलाइना, केन्टकी, ओहायो, वेस्ट भिर्जिनिया, नर्थ डेकोटा, साउथ डेकोटा, नेब्रास्का, इन्डियाना, मिसौरी, मिसिसिपी, अलाबामा, अर्कान्सस लगायतका राज्यमा जित हासिल गर्न सफल भएको छ । अहिलेसम्मको गणनामा अर्को महत्वपुर्ण स्विंग स्टेट पेन्सिलभेनिया र जर्सियामा पनि ट्रम्पको अग्रता रहेका छ ।

पेन्सिलभेनियाको इलेक्टोरल भोट २० र जर्जियाको १६ छ । जर्जियामा ट्र्रम्प र बाइडेनबीचको मत अन्तर अत्यन्त कम भएकोले नतिजा अनुमान गर्न सक्ने अवस्थामा छैन । त्यसैगरी १६ इलेक्टोरल भोट भएको मिसिगनमा पनि अत्यन्त झिनो मतले ट्रम्प नै अगाडी देखिएका छन् । विस्कोन्सिन राज्यको १० इलेक्टोरल भोट छ र यहाँ बाईडेन थोरै मतले अगाडी छ । ११ र ४ इलेक्टोरल भोट भएको एरिजोना र नेवाडामा बाइडेनको जित निश्चित जस्तै दैखिएको छ ।

मिसिगनको वायने काउन्टीमा कहिले मतगणना पुरा हुन्छ भन्ने पुर्वानुमान गर्न सकेको छैन । कडा प्रतिस्पर्धाका कारण त्यहाँको स्थिति तनावपुर्ण बन्दै गइरहेको अधिकारीहरुले बताएका छन् ।चुनावको मत गणना भइरहँदा अमेरिकाका विभिन्न राज्यमा ट्र्रम्प र बाइडेन समर्थकहरुबीच तनाव बढिरहेको समाचार आइरहेको छ । नतिजापछि हुन सक्ने हिंसालाई ध्यानमा राख्दै सुरक्षा ब्यवस्था उच्च सतर्कतामा राखेको छ ।

ट्रम्पको घरलाई सुरक्षा

यसबीच राष्ट्र्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कको म्यानहटन स्थित ट्रम्प टावरलाई पनि कडा सुरक्षा दिइएको छ । ठुलो संख्यामा ससस्त्र सुरक्षाकर्मीले आफ्नो बाहन सहित ट्रम्प टावरलाई घेराबन्दी गरेको छ । यदि चुनाव परिणामपछि अशान्ति फैलिएमा सहरका केही हिस्सालाई सिल गर्न सक्ने प्रहरीले चेतावनी दिएको छ । बर्तमान राष्ट्रपति ट्रम्प पहिला यही भवनमा बस्ने गरेका थिए ।

मंगलबार दिउँसो देखि नै उक्त भवन अगाडी प्रदर्शनकारीहरु जम्मा भएका थिए । न्युयोर्कको अन्य इलाकामा पनि ठुलो संख्यामा प्रदर्शनकारी जम्मा भइरहेको अधिकारीहरुले बताएका छन् । न्युयोर्कको प्रहरी विभागका प्रमुखले प्रदर्शनकारीहरुलाई हिंसामा नउत्रन चेतावनी दिएको छ ।

यसबीच सहरका मेर बिल डी ब्लासियोले ब्यापारिक प्रतिष्ठानहरुमा लुटको घटना हुन सक्ने भएकोले डराउन आवस्यक भएको दावी गरेका छन् । यसअघि ट्रम्प विरोधी ब्ल्याक मेटर लाइभ्सका प्रदर्शनकारीले ब्यापक प्रदर्शन गर्ने क्रममा कयौं पसल तथा ब्यापारिक प्रतिष्ठानहरुलाई क्षति पुर्याएका थिए ।

यहाँका पसलहरुमा कर्मचारीहरु राती अबेरसम्म तोडफोडबाट पसललाई जोगाउन बाहिरबाट प्लाइवुड ठोकिरहेको देखिएका थिए । जर्ज फ्लोयडको मृत्युपछि भएको प्रदर्शनमा यस प्रकारको घटना देखिएको थियो । अमेरिकामा हरेक ४ बर्षमा राष्ट्रपति पदका लागि चुनाव हुने गर्छ तर २०२० को राष्ट्रपति चुनावलाई इलेक्सन अफ अ लाइफटाइमको संज्ञा दिइरहेकोछ । यो अमेरिकाको इतिहासमा सबैभन्दा विभाजनकारी मध्यको एक चुनाव मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय