विश्वका चर्चित धनीमध्ये पर्ने रिलायन्स इन्टस्ट्रिजका प्रमुख मुकेश अम्बानीको ८० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति एकैछिनमा घटेर स्वाहा भएको छ ।

यससँगै विश्वका शीर्ष धनीको सूचीमा ६ नम्बरमा रहेका अम्बानी घटेर ९ नम्बरमा पुगेका छन् ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को नाफा पछिल्लो वर्षको तुलनामा १५% घटेको छ । जसले गर्दा कम्पनीको शेयरमा गिरावट आउँदै कम्पनीको कूल मूल्य घटेर सम्पत्तिको मूल्यांकनमा गिरावट आएको हो । शेयरको मूल्य घट्दा अम्बानीको सम्पत्तिको कूल मूल्य ८० हजार करोड घटेको जनाइएको छ ।

फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्तिको कूल मूल्य ७१.५ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर