मुख्य खबर

ट्रम्प र बाइडनमध्ये को कुन राज्यमा अघि ?


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २०, १०:४६

अमेरिकामा राष्ट्रपति चुनावका लागि असाध्यै महत्वपूर्ण मानिने राज्यमध्ये एक जर्जियाका शीर्ष चुनाव अधिकारीले त्यहाँ करिब २ लाख भोट अझै गन्न बाँकी भएको बताएका छन् ।

ब्रेड रेफेन्सपर्गरले मतगणना अमेरिकी समय अनुसार बुधबार राती वा बिहिबार बिहानसम्म जारी रहन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

उनले भने, ‘तुरुन्त गर्न जरुरी छ तर त्यो भन्दा पनि जरुरी सही गर्नु हो ।’

यसबाहेक नर्थ क्यारोलाइन, विस्कन्सिन, नेवाडा र पेन्सिल्वेनियामा मतगणना जारी छ ।

– नर्थ क्यारोलाइनामा ट्रम्प ७६,७३७ भोटले अघि छन् । त्यहाँका अधिकारीले अन्तिम परिणाम १३ नोभेम्बरभन्दा अघि नआउने बताएका छन् ।

– विस्कन्सिनमा बाइडन २०,५१० भोटले अघि छन् । त्यहाँ ९९ प्रतिशत मतगणना भइसकेको छ ।

– नेवाडामा ८५ प्रतिशत ब्यालेटको गन्ती भइसकेको छ र त्यहाँ बाइडन ७,४६७ भोटले अघि छन् ।

– पेन्सिल्वेनियामा ट्रम्पको १,८७,००० भोटको अग्रता छ तर लाखौं भोट अझै गन्ती हुन बाँकी छ जसमध्ये धेरैजसो डेमोक्रेटिक क्षेत्रको पोस्टल ब्यालेट छन् । -बीबीसी

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु