राष्ट्रिय खबर

एभरेष्ट बैंकबाट लगानीकर्ताले पाउने लाभांश आधा घट्यो, १०.५३ प्रतिशत दिने घोषणा


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २०, १२:४८

एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको बुधबार बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पास भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको नाफा नाफा १८.१४ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको थियो । बैंकको वितरणयोग्य नाफामा २३.५३ प्रतिशतले ह्रास आएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु