राजनीति

ओली भेट्न प्रचण्ड बालुवाटारमा


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २०, १३:५४

काठमाडौ । पार्टीभित्र अन्तरविरोध कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ । अहिले दुई नेताबीच वालुवाटारमा भेटवार्ता भइरहेको बुझिएको छ ।

झण्डै एक सातापछि बिहीबार प्रचण्ड ओली भेट्न बालुवाटार गएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।
यसअघि पार्टी कमिटीको बैठक बोलाउन नमानेको ओलीले पार्टी बैठकका निर्णय समेत नमान्ने बताएका थिए । उनले पार्टी नै अलग गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग उत्पन्न भएको अवस्थामा आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु