मुख्य खबर

कोरोना जितेपछि ऋचा लेख्छिन्–‘परिवारको सुरक्षा गर्न अपिल गर्दछु’


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २०, १४:३०

नायिका ऋचा शर्माले ३ हप्ता होम क्वारेन्टाइनमा बसेपछि आफूले कोरोनालाई जितेको उल्लेख गरेकी छिन् । उनले सामाजिक संजालमा कोरोनामुक्त भएपछि स्टाटस लेख्दै कोरोना महामारीबाट आफ्नो र परिवारको सुरक्षा गर्नु सम्पूर्णको दायित्व भएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टाइनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएकी छु । कोरोनाबारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाङडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म सबैसँग अनुरोध गर्दछु ।’

उनले, अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सबैलाई नमन पनि गरेकी छिन् । ऋचाले कोरोनाबाट सर्तक र स्वस्थ रहन सबैसँग अपिल गरेकी छिन् ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु