मुख्य खबर

काेराेना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलाेकन गर्न सरकारले दिएकाे निवेदन खारेज


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २०, १९:३०

काठमाण्डाै – कोरोना सङ्क्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदन अघि बढाउनका लागि अनुमति नदिएको हो ।

गएको असोज १५ गतेको फैसला उल्ट्यानुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले सर्वाेच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो । १५ गतेको फैसलामा सर्वाेच्चले कोरोना भाइरसको सङ्क्रमण छ/छैन थाहा पाउन गरिने पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो ।

यो फैसलापछि सरकारले अब कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने भएको छ । उज्यालो अनलाइन बाट

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु