दमक/ झापाको दमक १ हवल्दार चोक नजिकै रहेको एउटा घुम्ती पसलमा एक महिला मृत फेला परेकी छिन । अन्दाजी ५० बर्षकी बोलहाङदा लिम्बु आज अपरान्ह मृत भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।
पुरानै दिर्घरोगी र अधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको अचानक मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी आफना पतिसहित केही बेर अघि सम्म संगै घुम्तीमा बस्दै आएकी तर मृत्यु हुदाको समयमा उनका पति अन्यत्रै गएको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि बुझाइएको र आवश्यक अनुसन्धान जारी रहेको डिएसपी पण्डीतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय