मुख्य खबर

एक नम्बर प्रदेश ट्राफिक प्रहरीको नयाँ उपाय, छाडा छाडिएका चौपायाको घाँटीमा बेल्ट


  झापा   सवाल नेपाल   २०७७ कार्तिक २१, १२:१२

राजमार्गमा छाडा छाडिएका चौपायाका कारण दुर्घटना बढ्न थालेपछि प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले नयाँ उपाय शुरु गरेको छ।

अहिले सडकमा छाडा रुपमा देखिएका चौपायाहरुमा प्रहरीले रिफलेक्टर बेल्ट लगाउन शुरु गरेको छ।

शुरुमा सुनसरी र मोरङ जिल्लाका छाडा चौपायाहरुको घाँटीमा बेल्ट लगाउने काम सकिएको एसपी सन्जिव शर्मा दासले जानकारी दिए।

पहिलो चरणमा सुनसरी र मोरङका गरी १ सय ६१ वटा चौपायाहरुको घाँटीमा टल्किने बेल्ट लगाइएको उनले बताए।

अब यी दुइ जिल्लापछि अन्य जिल्लाहरुमा पनि छाडा छाडिएका चौपायाहरुमा बेल्ट लगाउन शुरु गरिने एसपी दासले बताए।

रातको समयमा सवारी साधन चौपायाकै कारण दुर्घटनामा पर्न थालेपछि प्रहरीले नयाँ तरिका अपनाएको हो।

नयाँ तरिका अपनाउनका साथ अहिले रातको समयमा दुर्घटनामा कमी आएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु