हाम्रो दैनिक जीवनमा कुनै न कुनै घटना घटित भइरहेको हुन्छ । हामीले जानेर या नजानेर कुनै न कुनै काम गरिरहेका हुन्छौं । कतिले आफ्ना काम समयमा नै फत्ते गर्छन् भने कतिले काम लथालिङ्ग छोडिदिने गर्छन् ।

जीवनमा गरिएका केही कामले भने मान्छेलाई अप्ठेरो अवस्थामा लैजाने गर्छन् । यस्ता अप्ठेरोबारे जोगिने गरौंः

ऋण

यदि तपाईंले ऋण लिनुभएको छ भने या कसैलाई ऋण दिनुभएको छ भने यसले समस्या निम्त्याउन सक्छ । तपाईंले कसैसँग ऋण लिनुभएको छ भने त्यसलाई सकभर तिरिहाल्नुस् । किनकि ऋणको व्याज बढ्दै जान्छ । र, यसले समस्यामा पार्छ ।

शत्रुता

तपाईंले सकभर कसैसँग पनि शत्रुता राख्ने काम नगर्नुस् । सकेसम्म सम्बन्धलाई सुमधुर बनाउने प्रयास गर्नुस् । शत्रुतालाई मित्रतामा बदल्नुस् । यदि कोही त्यस्तै शत्रु भइहाले पनि यसलाई महत्व नदिनुस् तर बरु यसलाई उचित मौकामा मित्रतामा बदल्नुस् । सकभर जीवनमा कसैसँग पनि शत्रुता नराख्नुस् ।

आगो

संसारमा आगो यस्तो शक्तिशाली चीज हो कि, यसले ठूलो विनाश निम्त्याउन सक्छ । कहिलेकाहीँ आगोको सानो झिल्कोले पनि तपाईंको घर, टोल या समाज नै सखाप बनाउन सकछ । आगोलाई सकभर काम सक्नासाथ निभाइहाल्नुस् ।

रोग

हाम्रो शरीरमा विभिन्न कारणले रोग लाग्ने गर्छ । समयमा नै रोगबारे सचेत हुन सकिएन भने यसले ठूलो समस्या ल्याउन सक्छ । रोगलाई सामान्य भनेर हेलचेक्रयाइँ गर्दा यसले जीवन नै भुमरीमा पार्न सक्छ ।

शारीरिक सम्पर्क

वैवाहिक जीवनमा शारीरिक सम्बन्धको पनि उत्तिकै महत्त्वपूर्ण सम्बन्ध हुन्छ । यदि तपाईंले कसैलाई माया गर्नुहुन्छ भने उनलाई यौनसम्पर्कका बेला सन्तुष्ट पार्नुस् । तपाईंको पार्टनर खुशी हुन सकेन भने यसले जीवनमा फाटो ल्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर