कोरोना

२४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २१, १७:३८

बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु