कोरोना

दमकमा संक्रमण उच्च, आज पनि थपिए २३ संक्रमित, छैन सावधानी


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २१, १७:५३

दमक/ दमकमा पछिल्लो समय कोरोना संक्रमण फैलिने क्रम उच्च भएको छ । आज शुक्रबार एकैदिन २३ जना नया संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ११ महिला र १२ पुरुषमा आज एकैदिन संक्रमण पुष्टि भएको हो । थपिनेमा २ स्वास्थ्यकर्मी समेत छन । आज थपिएका संक्रमितहरुमा ९ बर्षदेखि ८२ बर्ष सम्मका छन । यसअघि बिहिबार मात्रै ४८ जना कोरोनाका नया संक्रमित थपिएका थिए ।

यससंगै दमकमा कोरोना संक्रमितको संख्या ६ सय हाराहारी पुगेको छ । बालबालिकादेखि बृद्धबृद्धा सम्म संक्रमणको जोखिममा परेपनि यहाको आवतजावत रोकिएको छैन । दमकमा मात्रै हाल सम्म २० जना संक्रमितको मृत्यु भइसकेको छ भने दमकसंगै जोडिएका अन्यपालिकाहरुमा पनि दिनहु संक्रमितहरुको मृत्यु हुने नया संक्रमित थपिने क्रम रहेको भएपनि जनस्तरबाट अपनाइनु पर्ने सावाधानीको कमि देखिन्छ ।
स्थानीय प्रशासनले नगरपालिकाको सिफारिसमा दमकमा आंशिक समय बेलुकी ४ देखि बिहान ७ बजे सम्म निषेधाज्ञा लगाएको भएपनि त्यसको उल्लंघन भइरहेको छ । प्रहरी र नगरपालिकाको टोली पसल बजार बन्द गराउन हर्न बजाउदै पसल अघि सम्म आइनपुगुञ्जेल कसैले पसल व्यवसाय बन्द गरेको पाइदैन ।
संक्रमितको पहिचान सार्वजनिक नहुदा बजारमा संक्रमितका परिवारका सदस्यहरुनै खुलेआम हिंडडुल गर्ने र व्यवसाय सञ्चालन गरेर बस्नाले दमकमा यसको जोखिम अझै बढिरहेको हो ।
पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेको भएपनि लकडाउन कार्यान्वयनमा स्थानीयबासीकै साथ सहयोग नरहेको देखिन्छ । पर्याप्त सावधानीको अभावमा संक्रमण बढिरहेको छ – नगरपालिकाको स्वास्थ्य शाखाले भन्यो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु