काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो ।

नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बालुवाटार गएका हुन् । सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् । रातो पाटी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय