मुख्य

दमकका ६० प्रतिशतले जिते कोरोना


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २२, १२:२५

दमक। झापाको दमक नगरपालिकाका कोरोना संक्रमितमध्ये ६० प्रतिशतले कोरोना जितेका छन् । दमकमा अहिले सम्म ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा ३ सय ३६ पुरुष र २ सय २८ महिला छन् ।

संक्रमितमध्ये ३ सय ३६ जनाले कोरोना जितेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार २ सय ८ पुरुष र एक सय २८ महिलाले कोरोना मुक्त भएका छन् । २ सय ७ जना उपचाररत छन् । जसमा एक सय ११ पुरुष र ९६ महिला छन् । अहिले सम्म दमकका ३ हजार ८ सय ५० को पीसीआर परीक्षण गरिएको भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण अहिले सम्म दमकका ४ महिला र १७ पुरुषको मृत्यु भइसकेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु