काठमाण्डाै – नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ५५ हजार एक सय १४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६ जना कोरोनामुक्त भएका छन् ।
गएको २४ घण्टामा १० हजार ४ सय २३ नमूना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र एक हजार ७७ महिला गरी दुई हजार ७ सय ५३ सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित एक हजार ५ सय १२ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा ४ सय ९४, प्रदेश २ मा ७७, वाग्मती प्रदेशमा एक हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय तीन सङ्क्रमित थपिएका छन् ।
याेसँगै नेपालमा ३५ हजार ४ सय ३५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये तीनसय ६५ को आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ८७ पुगेको छ ।
झापा, मोरङ, सुनसरी, काठमाण्डाै, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा पाँचसय बढी सक्रिय सङ्क्रमित छन् । मनाङ र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय