एजेन्सी । अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।

क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण एशियाली समूहका दशौं लाख महिलाहरुको पनि प्रतिनिधित्व गर्नेछ, जसलाई अमेरिकामा प्राय प्रणालीगत रुपमा नजरअन्दाज र उपेक्षा गरिएको छ । उनले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नेछिन् । क्यार्लिफोनियाको ओकल्यान्डमा जन्मिएकी ह्यारिसले होवार्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनले क्यालिफोर्नियाको अटर्नी जनरलको पद सम्हालिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर