राष्ट्रिय खबर

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री


  काठमाडौ   सवाल नेपाल   २०७७ कार्तिक २३, ०७:१६

काठमाडौँ – आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ ।

यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ । समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो । रातो पाटी बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु