मुख्य खबर

हिजो कोरोना संक्रमणका कारण दमककी एक महिलासहित झापामा चारको मृत्य, संक्रमितको संख्या २५ सय नाघ्यो


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २३, ०८:३८

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मृत्यु हुने ति महिलाको पुरानो स्थायी ठेगाना दमक ८ भएपनि पछिल्लो समय उनी मोरङमा बस्दै आएकी थिइन ।
नोवेल अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको र उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापालाई उदृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । त्यसैगरी हिजो विर्तामोड ४ मा कोरोना संक्रमित ४० बर्षिय एक महिला र ८५ बर्षिय एक पुरुषको पनि मृत्यु भएको छ ।  शिवसताक्षी ६ की २४ बर्षिया एक युवतीसहित झापाका कोरोना संक्रमित चार जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यससंगै जिल्लामा संक्रमित मृतकको संख्या ६१ पुगेको छ ।

झापामा संक्रमित २५ सय नाघे
यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । आज जिल्लामा थपिएका ७५ जनासहित जिल्लाभर कूल संक्रमितको संख्या २ हजार ५ सय ९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा हिजो शनिबार मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न ल्याबमा गरिएको पीसीआर परिक्षणमा ६ महिला सहित २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
दमकमा २७, गौरादहमा १ जना, बिर्तामोड १४ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्तीमा २ जना, अर्जुनधारा र बाह्रदशीमा १/१ जना, कन्काईमा ५ जना, भद्रपुरमा १३ जना, मेचीमा ३ जना र कमल गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु