पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएका थिए ।
उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय