राष्ट्रिय खबर

कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २३, १३:२२

काठमाडौँ । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा गत बुधबार साँझ आएका अपरिचित व्यक्तिहरुले तासको खालबाट नगद लुटपाट गरी भागेको घटनाको अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेको खुलेपछि उनीहरु हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुले जुवाखालबाट ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान म्याग्जिन र २ राउण्ड गोली बरामद भएको एसपी मरासिनीले बताए । घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातो पाटि बाट साभार 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु