राष्ट्रिय खबर

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २३, १७:१०

गत कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।

होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’

कोरोना भाइरसबाट संक्रमण भएका व्यक्तिहरुमा २ पटकसम्म नेगेटिभ नतिजा आएपछि उनीहरुमा कोरोना संक्रमण हटेको मानिन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु