अर्थ/बजार

सुनको मुल्य निरन्तर उकालो, आज पनि ५०० रुपैयाँले बढ्यो


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २४, ११:२६

काठमाडौं – पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर बढ्दै गएको छ । बिशेषगरि गत शुक्रबारदेखि सुनको मुल्य उच्च मात्रामा बढ्दै गएको पाइन्छ ।

सो क्रममा आज सोमबार पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । हिजो सुनको मुल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो । आज त्यो बढेर ९८ हजार २०० पुगेको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार ७०० रहेको छ ।
यसैगरि आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२७५ रुपैयाँ थियो । आज त्यो बढेर १२८५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु