काठमाडौं । विश्वभर कोरोनाले पाँच करोड बढी संक्रमित भएका छन् । बीबीसीमा प्रकाशित एक समाचारअनुसार १२ लाखभन्दा बढीको ज्यान गइसकेको छ । प्रकाशित समाचारकाअनुसार यो संख्या अझै बढ्न सक्छ । किनकि केही देशहरुमा अझै पनि परीक्षण राम्रोसँग भएको छैन ।

युरोपमा फेरि कोरोनाको हटस्पट बनेको छ । त्यहाँ कोरोना संक्रमण पछिल्ला दिनमा तीव्ररुपमा बढेको छ । अहिलेसम्म सबैभन्दा बढी कोरोनाले अमेरिकामा प्रभाव पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर