बलिउड सेलिब्रेटी र फोटोग्राफरको नाता रोचक हुन्छ ।

जहाँ स्टार्स हुन्छन् त्यहाँ फोटोग्राफर्स पनि हुन्छन् । तर केहि पटक सेलिब्रेटीको फोटो लिनको लागि फोटोग्रफर्स उनीहरुको पर्सनल स्पेसमा जान्छन् ।

जसका कारण केहि सेलीब्रेटी भने रिसाउने गर्छन् । यस पटक बलिउड अभिनेत्री दीपिका पादुकोणको साथमा पनि केहि यस्तै भयो ।

उनले आफ्नो गाडी पछ्याएर आईरहेका फोटोग्राफरलाई लीगल एक्शनको धम्की दिएकी छन् । जब दीपिका अनन्या पाण्डेसँग धर्मा अफिसबाट निस्किइन्, तब त्यहाँ फोटोग्राफर्सले उनलाई घेरे र उनको तस्वीर खिच्न थाले ।

फोटोग्राफर्स त्यतिले पनि मानेनन् । दीपिका जब गाडीमा बसेर जान थालिन्, तब उनीहरु पनि पछिपछि लागे ।

दीपिकाले जब उनीहरुले आफूलाई पछ्याइरहेको देखिन्, तब उनले गाडी रोकिन् र लीगल एक्शनको धम्की दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय