राष्ट्रिय खबर

प्रशासनले छठ पूजामा रोक लगाएपछि विरोध


  काठमाडाैं   रासस   २०७७ कार्तिक २४, १६:११

स्थानीय प्रशासनले सामूहिकरूपमा गरिने छठ पूजामा रोक लगाएकोमा विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ ।

मोरङका ९ वटा छठ पूजा समितिले सोमवार पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरू यो पर्व विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए ।

भैतिक दूरी कायम गरी सामान्य तरिकाले पर्व मनाउन ब्रतालुले नदीमा वा तलाउमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने कार्य कतैबाट रोक नहोस् भन्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर, झरना चोक छठ पूजा समारोह, पिछरा वडा नम्बर ११ छठ पूजा समारोह समिति, हिन्दू परिषद् नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा संघ, मोरङ माछा व्यवसाय संघ, मरिक टोल संगठनका अध्यक्ष तथा सचिवको सहभागिता रहेको थियो । छठ पूजा आगामी मंसिर ५ र ६ गते रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु