कोरोना

देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ८१ प्रतिशत


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २४, १७:४८

बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु