मुख्य खबर

कोरोनाबाट थप १८ को मृत्यु


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २४, १८:०७

कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११२६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु