राष्ट्रिय खबर

प्रदेश १ मा मंगलबार सार्वजनिक विदा


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २४, २०:३२

इटहरी / प्रदेश १ मा कार्त्तिक २५ गते मंगलबार सार्वजनिक विदा परेकाे छ । फाल्गुनन्द दिवसकाे अवसरमा मंगलबार प्रदेशभरी सार्वजनिक विदा दिइएकाे हाे । सार्वजनिक विदाबारे राजपत्र राजपत्रमा प्रकाशित गरिएकाे छ ।

किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँछन् । नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कार्त्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु