अन्तराष्ट्रिय

कोरोना विरुद्ध लड्न बाइडेनद्वारा टास्क फोर्स घोषणा, विज्ञान र विशेषज्ञको कुरालाई मान्ने


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २५, १०:२१

काठमाण्डाै – राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गर्नु भएको छ ।

१३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै उहाँले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने पनि बताएका बीबीसीले जनाएको छ ।

उहाँले कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आउनु भएको छ । यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गर्नु भएको छ । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उहाँले अनुरोध गर्नु भएको हो ।

बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेका बीबीसीले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको पनि बताउनु भएको छ । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो ।

अमेरिकामा अहिलेसम्म एक करोड ४२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । ६५ लाखभन्दा धेरै निको भएका छन् भने दुई लाख ४४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु