मुख्य खबर

विद्यार्थीका माग पूरा गर्न काठमाडौं विश्वविद्यालयलाई नेविसंघको आग्रह


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २५, ११:१०

नेपाल विद्यार्थी संघले काठमाडौं विश्वविद्यालयलाई विद्यार्थीले उठाएका माग पूरा गर्न आग्रह गरेको छ।

invotech
कोरोना महामारीका बेला पनि नियमित पठनपाठन गरेजसरी शुल्क लिन सूचना निकालेको भन्दै विद्यार्थीले विरोध गरेका छन्।

केही दिनदेखि विद्यार्थीहरू शैलेश मिश्र, सृजना श्रेष्ठ र सादाव खानलगायत विद्यार्थी रिले अनशन बसेका छन्।

विद्यार्थीले उठाएका माग पूरा गर्न नेविसंघ केन्द्रीय समितिले विश्वविद्यालयलाई आग्रह गरेको हो।

sanimabidh lab
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले सोमबार विज्ञप्ति निकालेर विद्यार्थीले राखेका सबै माग विश्वविद्यालयले पूरा गर्नुपर्ने उल्लेख गरेका छन्।

विद्यालयले विभिन्न बाहनामा विद्यार्थीसँग शुल्क उठाउन नपाउने नेविसंघको भनाइ छ।

असोज २२ मा निकालेको शुल्क बुझाउने सम्बन्धी सूचना खारेज गर्न नेविसंघले विश्वविद्यालयलाई आग्रह गरेको हो।

‘विद्यार्थीका जायज मागप्रति उदासिनता देखाएको खण्डमा नेविसंघ केन्द्रीय समिति आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छु,’ अध्यक्ष ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ।

ncell in
नेविसंघ महामन्त्री दीपक भट्टराईले महामारीका बेला विद्यार्थी पनि संकटमा रहेको बताए।

‘महामारीका बेला विश्वविद्यालय गैरजिम्मेवार बनेको छ,’ उनले भने, ‘अविलम्ब विद्यार्थीका माग पूरा गर्नुपर्छ।’

विद्यार्थीहरूले शुल्क लिने सम्बन्धी सूचना खारेज गर्दै अर्को सूचना नआएसम्मको लागि शुल्क भुक्तानी गर्नु पर्दैन भन्दै सूचना निकाल्न पनि माग गरेका छन्।

यस्तै विद्यार्थीहरूबाट शिक्षण शुल्क मात्र लिन उनीहरूको आग्रह छ।

कोरोना वित्तिय सहायता योजना साँच्चिकै गाह्रो परेका विद्यार्थीहरूका लागि निकाल्न पनि उनीहरूको माग छ।

ढिलो शुल्क बुझाउँदा लाग्ने जरिवाना कोरोना महामारी अवधिका लागि हटाउन उनीहरूले विश्वविद्यालयसँग माग गरेका छन्।

सामान्य अवस्थामा कक्षाकोठामा उपस्थित भएको बेला लिइने जसरी नै अनलाइन कक्षाको पनि शुल्क लिन विश्वविद्यालयले सूचना जारी गरेपछि विरोध गर्नुपरेको विद्यार्थीहरूले बताएका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु