राष्ट्रिय खबर

तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २५, १४:२०

तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु