राजनीति

धुम्वाराहीमा नेकपा सचिवालय बैठक शुरु,गृहमन्त्री थापा अनुपस्थित


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २५, १६:३३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्वाराहीमा शुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले बोलाउनुभएको बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित हुनुभएको छ ।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएका अध्यक्ष दाहाल बालुवाटारबाट सीधै धुम्वाराही पुग्नुभएको थियो ।

तर गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादल आजको बैठकमा पनि सहभागी नहुनुभएको अध्यक्ष दाहालका सचिवालय स्रोतले जनता समाचारलाई जानकारी जानकारी दिएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिका लागि दिएको समय सकिएपछि थप रणनीति तय गर्न ध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहको सचिवालय बैठक बसेको हो ।

तीन दिन कुर्दा पनि ओली औपचारिक बैठकका लागि तयार नभएपछि दाहाल र नेपाल समूहले आफैले औपचारिक बैठक बोलाएको हो । आजको बैठकले पार्टीभित्र देखिएको विवाद समाधान,पार्टीको एकता र अध्यक्ष तथा प्रधानमन्त्री ओलीको स्वच्छाचारी कार्यशैलीबारे छलफल गरि आगामी रणनीति के तय गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

यसअघि ओलीले दाहाललाई सचिवालयको औपचारिक बैठक डाके पार्टी फुटको घोषणा गर्ने चेतावनी दिनुभएको थियो । प्रधामन्त्रीको चेतावनीपछि धुम्बाराहीमा दाहाल–नेपाल समूहको अनौपचारिक सचिवालय बैठक बसेको थियो।

त्यसको भोलिपल्ट शनिबार दाहाल–नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठकका लागि सहमत हुन अनुरोध गर्दै सोमवारसम्मको समयसीमा तोकेर लिखित पत्र बुझाएको थियो। तर केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान लिदै आउनुभएका ओलीले कुनै सहमतिको संकेत नगर्नुभएपछि आज सचिवालय वैठक धुम्वराहीमा बसेको हो । जनता समाचार बाट साभार 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु