मुख्य खबर

बलिउडमा कमब्याकका लागि तनुश्रीले घटाइन् १५ केजी तौल


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २६, १०:२८

बलिउड नायिका तनुश्री दत्त सन् २०१० पछि पर्दाबाट हराइन् । १० बर्षदेखि दर्शकमाझ पर्दामा नदेखिएकी तनुश्रीले अब भने कमब्याकको तयारी गरेकी छिन् । २ बर्ष अगाडि बलिउडमा ‘मि टू’को सुरुवात उनले नै गरेकी थिइन् । उनै, तनुश्रीले सामाजिक संजालमा स्टाटस कोर्दै आफूले केही खराब मानिसहरुका कारण बलिउड छाड्नुपरेको उल्लेख गरेकी छिन् । तनुश्रीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी स्लिम देखिएकी छिन् ।

तनुश्रीले आफूले अमेरिकामा आइटी ट्रेनिङ्ग लिएको तर आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘केही खराब मानिसहरुका कारण मैले बलिउड छाड्नुपरेको थियो । मैले हतारमा बलिउडको विकल्प सोचेकी थिएँ । बलिउड र मुम्बई मेरो लागि विशेष छन् यसैले अब म केही समय बलिउडमा रहन्छु र केही राम्रो प्रोजेक्टमा काम गर्छु ।’

तनुश्रीले आफूलाई केही चलचित्र र वेव सिरिजबाट अफर आइरहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफू साउथका ३ ठूला चलचित्रका प्रोजेक्टका मेनेजर र मुम्बइको १२ कास्टिङ अफिससँग आफू जोडिएको पनि उल्लेख गरेकी छिन् ।
तनुश्रीले केही ठूला प्रोडक्शन हाउससँग चलचित्रमा मुख्य भूमिकाका लागि पनि आफ्नो कुरा भैरहेको उल्लेख गर्दै महामारीका कारण अहिले नै आफूले चलचित्रको घोषणा गर्न नसक्ने पनि उल्लेख गरेकी छिन् ।

तनुश्रीले एक व्युटी ब्रान्डको विज्ञापनमा आफूले काम गरिरहेको र १५ केजी तौल घटाएपछि आफू सुन्दर देखिएको पनि बताएकी छिन् ।

३६ बर्षकी तनुश्रीले बलिउडमा ‘आशिक बनाया आपने, हर्न ओके प्लिज, ढोल’ जस्ता चलचित्रमा काम गरेकी थिइन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘अपार्टमेन्ट’ १० बर्ष अगाडि रिलिज भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु