राष्ट्रिय खबर

आज भने बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २६, ११:००

काठमाडौँ – हिजो मात्र ह्वात्तै घटेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको तोलामा ३४०० रुपैयाँले घटेर प्रतितोला रु. ९४ हजार ८०० रुपैयाँ पुगेको थियो । आज त्यो १०० ले बढेर प्रतितोला रु. ९४ हजार ९०० पुगेको छ ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९४ हजार ४०० रहेको छ ।
यसैगरि चाँदीको मुल्य पनि ५ रूपैयाँले बढेको छ । हिजो १२१५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२२० पुगेको महासंघको भनाइ छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु