राष्ट्रिय खबर

सावधान ! होमआइसेलेशनमा बस्दा ख्याल नगरे निमोनियाले ज्यानै जान सक्छ !


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २६, ११:३९

नेपालमा कोरोनाभाइरस संक्रमण तीब्र भएर गएको छ । आइसोलेसन केन्द्रहरु अपर्याप्त भएका छन्, भएकाहरु नाम मात्रका छन् । यो स्थितिमा होमआइसोलेशन बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको सोमबारसम्मको तंथ्याङ्कअनुसार होम आइसोलेशनमा २९ हजार १ सय ९७ जना बसेका छन् । संक्रमितको संख्या बढ्दै गइरहेको छ भने जाडो मौसम पनि सुरु भएको छ ।

पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिएपनि गम्भिर खालको समस्या नदेखिएसम्म अस्पताल जानु पर्दैन भन्ने आमधारणा बन्दै गएको छ । कोरोनाभाइरस विरुद्ध औषधि र खोप बनिनसकेको छैन । यो अवस्थामा संक्रमण गम्भीर भई कोभिड–१९ को शिकार बनेका विरामीलाई लक्षणअनुसारका विभिन्न औषधीका अलावा अस्पतालमा अक्सिजन, आइसीयू वा भेन्टिलेटसम्मको आपतकालीन उपचारहरु गर्ने गरिन्छ । तर संक्रमण मात्रै भएको, कोभिड–१९ को गम्भीर अवस्थामा नपुगेका संक्रमितले चाहिँ घरमै बसेर चिकित्सकको सल्लाहअनुसार, एन्टिवाइयोटिकक औषधी, विभिन्न किसिमका भिटामीनहरु तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक जडीबुटी औषधि सेवन गर्ने गरिएको पाइन्छ ।

कोरोना लक्षण देखिएर स्वासप्रश्वासमा समस्या आएमा होमआइशोलेशनमै अक्सिजन लगाएर बिरामी बस्छन् । कोभिड—१९ भएर शरीरमा कडा खालका लक्षण देखिए पनि संक्रमितको संख्या निक्कै तीब्र रुपमा बढिरहेकोले सबै बिरामीहरुले अस्पतालमा बेड पाइहाल्ने स्थित नरहन पनि सक्छ ।

होमआइसोलेशनमा रहेको संक्रमितलाई एक हप्ता भन्दा बढी ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, अक्सिजन ९२ भन्दा कम भएमा निमोनिया भएको हुन सक्छ । त्यस्तो अवस्थामा घरमा राखेर थप उपचार गर्न नसकिने भएकाले तुरुन्तै अस्पताल लैजानु पर्छ ।

कोरोना संक्रमणको प्रकोप बढिरहेकै स्थितिबीच मुलुकमा जाडो मौसम शुरु भएको छ । यस्तो अवस्थामा लक्षणसहितका संक्रमितलाई निमोनिया हुन सक्ने सम्भावना बढ्ने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दास बताउँछन् ।

जाडो मौसम बढेसँगै होमआइसोलेशनमा बसेका संक्रमतिलाई छिटो निमोनिया हुन सक्छ । त्यसैले होमआइसोलेशनमा बस्ने बिरामीले निमोनिया भएको शंका लागेमा निम्न कुराहरुमा ध्यान दिनुपर्ने जानकारी उनी दिन्छन्ः

— होमआइसोलेशनमा रहेको संक्रमितलाई एक हप्ता भन्दा बढी ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, अक्सिजन ९२ भन्दा कम भएमा निमोनिया भएको हुन सक्छ । त्यस्तो अवस्थामा घरमा राखेर थप उपचार गर्न नसकिने भएकाले तुरुन्तै अस्पताल लैजानु पर्छ ।

—निमोनिया व्याक्टेरिया, भाइरस, ढुसी लगायत विभिन्न किसिमका सूक्ष्म जिवाणुहरुबाट हुन सक्छ ।

सबै निमोनियाहरु काम नगर्न सक्छ । विशेषतः कोरोनाभाइरसका कारण हुने निमोनिया भाइरसजन्य निमोनिया भएकोले त्यसमा एन्टिबायोटिक औषधीले काम गर्दैन, बरु उल्टै नोक्सानी गर्न पनि सक्छ । त्यसैले संक्रमित बिरामीले होमआइसोलेशनमा बस्दा रोगको कारण पहिचान नगरी तथा चिकित्सकको सल्लाहबेगर जथाभावी एन्टीवाटिक औषधि सेवन गर्न हुँदैन । मा एन्टिबायोटिकले काम नगर्न सक्छ ।

विशेषतः कोरोनाभाइरसका कारण हुने निमोनिया भाइरसजन्य निमोनिया भएकोले त्यसमा एन्टिबायोटिक औषधीले काम गर्दैन, बरु उल्टै नोक्सानी गर्न पनि सक्छ । त्यसैले संक्रमित बिरामीले होमआइसोलेशनमा बस्दा रोगको कारण पहिचान नगरी तथा चिकित्सकको सल्लाहबेगर जथाभावी एन्टीवाटिक औषधि सेवन गर्न हुँदैन ।

— कोरोना भाइरसका संक्रमितलाई निमोनिया भएमा विशेषज्ञको निगरानीमा उपचार गर्नु जरुरी हुन्छ । अस्पताल जान नसक्ने अवस्थामा वा अस्पतालमा बेड उपलब्ध नभएमा विशेषज्ञहरुको सरसल्लाह र निगरानीमा आवश्यकता परे अक्सिजन लिएर होमआइसोलेनमा नै पनि बस्न सकिन्छ । ख्याल गर्नुपर्ने कुरा के हो भने संक्रमित भएका कोही कोहीलाई एक महिनासम्म पनि अक्सिजन चाहिन सक्छ ।

—सामान्यतः निमोनिया हुँदा फोक्साको हावाका थैलीहरुमा संक्रमण हुने गर्छन् । संक्रमित हावाका थैलीहरु तरल पदार्थ वा पीपले भरिन्छ र खोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखापर्छ । निमोनिया हुँदा सामान्यतः बाक्लो, हरियो–पहेंलो खालको खकार आउने गर्छ । कोभिड संक्रमितलाई त्यस्तो खकार आएमा कोरोनाभाइरसका कारण नभई अन्य व्याक्टेरियाजन्य संक्रमण फैलिएर पनि निमोनिया देखिएको हुन सक्छ । ख्याल गर्नुपर्ने कुरा के हो भने, कोरोनाभाइरसको कारण देखापरेको निमोनियामा चाहिँ त्यस्तो खकार आउँदैन । होमआइसोलेशन बस्दा तत्काल अस्पताल जान सकिएन भने निमोनिया कोरोनो संक्रमणका कारण वा अन्य कुनै व्याक्टेरियाको कारण भएको हो ? सो कुराको पहिचान गरी चिकित्सककै सल्लाहमा मात्र औषधीहरुको सेवन गर्न सकिन्छ ।

कोरोनाको संक्रमण भएर घरमै आइसोलेसन बसेका तथा समस्याले च्यापेका विरामीहरुले जथाभावी औषधी सेवन गर्दा फाइदा गर्नुको सट्टा उल्टै खतरनाक हुन सक्ने डा. दासको चेतावनी छ । त्यसरी घरमै जथाभावी औषधी सेवन गरेका तथा समस्याले च्यापेर गम्भीर अवस्थामा अस्पताल आएका धेरै बिरामीलाई बचाउन नसकिएको डा.दास बताउँछन् ।

उनका अनुसार, कोरोनाभाइरसको संक्रमणले च्यापेर विरामी कोभिड–१९ को अवस्थामा पुगेपछि देखापर्ने जटीलताहरुमध्ये सबैभन्दा डरलाग्दो समस्या चाहिँ साइटोकिन्स स्ट्रोम (Cytokines strome) हो । साइटोकिन्स भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता अन्तर्गतका ती अणुहरु हुन्, जसले शरीरका कोषहरुलाई आपसमा कुराकानी गर्न सहयोग वा सुचना सम्प्रेषण गर्ने काम गरिरहेको हुन्छ । जब हाम्रो शरीरमा भाइरस वा किटाणुहरुको प्रवेश हुन्छ, ती साइटोकिन्सले नै सबैभन्दा पहिले शरीरमा भाइरस तथा किटाणुहरुले आक्रमण गरेको कुराको संकेत ‘वाइफाइले जस्तै गरी’ शरीरका रोग प्रतिरोधात्मक कोषहरु (इम्युन सेल) लाई दिने गर्छ । यसबाट प्राप्त सूचनाकै आधारमा हाम्रा बी सेल, टी सेल जस्ता इम्युन कोषहरुले शरीरमा घुसेको भाइरस वा किटाणुलाई आक्रमण गरी नष्ट पारिदिन्छ र हामीलाई रोग लाग्नबाट बचाउँछ ।

जब हाम्रो शरीरमा भाइरस वा किटाणुहरुको प्रवेश हुन्छ, ती साइटोकिन्सले नै सबैभन्दा पहिले शरीरमा भाइरस तथा किटाणुहरुले आक्रमण गरेको कुराको संकेत ‘वाइफाइले जस्तै गरी’ शरीरका रोग प्रतिरोधात्मक कोषहरु (इम्युन सेल) लाई दिने गर्छ । यसबाट प्राप्त सूचनाकै आधारमा हाम्रा बी सेल, टी सेल जस्ता इम्युन कोषहरुले शरीरमा घुसेको भाइरस वा किटाणुलाई आक्रमण गरी नष्ट पारिदिन्छ र हामीलाई रोग लाग्नबाट बचाउँछ ।

तर कोरोनाभाइरसले सबैभन्दा ठूलो चलाखी यहाँ गरिदिन्छ । जब हाम्रो शरीरमा कोरोनाभाइरसको संक्रमण व्यापक भएर जान्छ, त्यसले ती साइटोकिन्सहरुलाई शरीरमा चाहिँदो भन्दा बढी भाइरसहरु घुसेको भ्रम पैदा गरिदिन्छ । फलतः हाम्रो शरीरमा साइटोकिन्सहरु चाहिँदो भन्दा बढी सक्रिय हुन्छ, त्यसले शरीरका इम्युन कोषहरुलाई भाइरसले भयानक आक्रमण गरेको जानकारी दिन्छ । हाम्रा इम्युन कोषहरुले शरीरमा घुसेका भाइरस वा किटाणुहरुलाई मात्रै हैन, हाम्रै शरीरका स्वस्थ अंगहरुलाई पनि दुश्मन ठानेर आक्रमण गर्न थाल्छ । फलतः त्यसले हाम्रो शरीरका महत्वपूर्ण अंगहरुलाई समेत कामै नलाग्ने गरी नष्ट गरिदिन सक्नेसम्मको अवस्था पैदा हुन्छ । कतिसम्म भने, यो अवस्थामा बेलैमा चिकित्सीय हस्तक्षेप गर्न सकिएन भने त्यस्ता मानिसको मृत्यु समेत हुन सक्छ ।

यही अवस्थालाई चिकित्सीय भाषामा साइटोकिन्स स्ट्रोम भनिन्छ । ‘सामान्यतः कोभिड निमोनिया हुँदा शरीरमा दोस्रो हप्तामा यो अवस्था पैदा हुन सक्ने’ डा. दास बताउँछन् ।

उनका अनुसार, यो अवस्थामा विरामीको जीवन रक्षाका लागि डेक्समेथासोन (dexamethasone) औषधी उपलब्ध चलाउने गरिन्छ । डा. दास भन्छन्, अहिलेसम्म कोभिड बिरामीको लागि प्रयोग भएका औषधिमध्ये सबैभन्दा भरपर्दो औषधि डेक्समेथासोन पनि देखिएको छ ।

‘पछिल्लो समय होम आइसोलेनमा बसेका तथा कोभिड निमोनिया नभएका सक्रमितले पनि घरमै डेक्समेथासोन औषधिको जथाभावी प्रयोग बढेको’ बताउँदै डा. दास भन्छन्, त्यसरी यस्तो जीवनरक्षक औषधीको जथाभावी सेवन गर्दा शरीरलाई फाइदा गर्ने हैन, उल्टै हानी मात्रै पुर्‍याउँछ ।’

स्टेरोइड वर्गमा पर्ने तथा संक्रमणप्रतिरोधी तथा इम्युन सिस्टमलाई नियन्त्रण गर्ने (anti-inflammatory and immunosuppressant) औषधी हो डेक्समेथासोन । त्यसैले चिकित्सकको सल्लाह र निगरानीबेगर यसको जथाभावी प्रयोग कदापि गर्नु हुँदैन । तर ‘पछिल्लो समय होम आइसोलेनमा बसेका तथा कोभिड निमोनिया नभएका सक्रमितले पनि घरमै डेक्समेथासोन औषधिको जथाभावी प्रयोग बढेको’ बताउँदै डा. दास भन्छन्, त्यसरी यस्तो जीवनरक्षक औषधीको जथाभावी सेवन गर्दा शरीरलाई फाइदा गर्ने हैन, उल्टै हानी मात्रै पुर्‍याउँछ ।’ उनका अनुसार, कोरोनाभाइरसको असरलाई रोक्न तथा साइटोकिन्स स्ट्रोमको अवस्था आउन नदिन वा नियन्त्रण गर्नका लागि डेक्समेथासोन औषधि दोस्रो हप्तामा प्रयोग गरिन्छ ।

‘कोभिड—१९ भएपछि भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्नेमा चिकित्सकको सल्लाहबिना डेक्समेथासोन औषधि सेवन गर्दा उल्टै रोगसँग लड्नले प्रतिरोधात्मक क्षमता कम हुने’ बताउँदै डा. दास भन्छन्, ‘रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका शरीरमा झन भाइरस धेरै फैलन सक्छ ।’

कोभिड—१९ भएपछि निमोनिया नभएको अवस्थामा पनि शरीरमा कोरोनाभाइरसको लोड हुन सक्ने र जथाभावी डेक्समेथासोन औषधीको सेवन गर्दा उल्टै शरीरमा निमोनिया हुने सम्भावना झन बढ्ने डा. दास बताउँछन् । उनका अनुसार ‘डेक्समेथासोन सेवन गरेपछि शरीरको रोगसँग लड्ने क्षमता कम झनै कमजोर भएर निमोनिया हुन सक्छ ।’

कोभिड—१९ भएपछि निमोनिया नभएको अवस्थामा पनि शरीरमा कोरोनाभाइरसको लोड हुन सक्ने र जथाभावी डेक्समेथासोन औषधीको सेवन गर्दा उल्टै शरीरमा निमोनिया हुने सम्भावना झन बढ्ने डा. दास बताउँछन् । उनका अनुसार ‘डेक्समेथासोन सेवन गरेपछि शरीरको रोगसँग लड्ने क्षमता कम झनै कमजोर भएर निमोनिया हुन सक्छ ।’ चिकित्सकको सल्लाह बिना निमोनिया नहुँदै होमआइसोलेशनमा बसेका लक्षणसहित वा लक्षणबिहिन बिरामीले सो औषधीको सेवन गर्नै नहुने कुरामा जोड दिँदै डा. दास भन्छन्, ‘कोभिड— १९ भएर डेक्सोना सेवन गर्ने अवस्था सृजना भएमा घरमा बसेर सो बिरामीको उपचार हुँदैन, अस्पतालनै जानुपर्छ ।’

कोरोनाको लक्षण नभएपनि शरीरमा अक्सिजन घट्न सक्छ

कोरोना संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेकाहरुमा लक्षण नभए पनि अक्सिजन घट्न सक्ने डा. दास बताउँछन् । त्यसैले उनको सल्लाह छः ‘ होमआइसोलेनमा बस्नेहरुले अनिवार्य रुपमा घरमा पल्सअक्सिमिटर राख्नुपर्छ ।’ उनका अनुसार, सामान्यतया शरीरमा अक्सिजन घटेमा सास फेर्न गाह्रो हुने, छटपटि लाग्ने, चक्कर लाग्ने, आँखा धमिलो हुने हुन्छ ।

‘अक्सिजन कम हुँदा पनि शरीरमा रोगका अन्य लक्षणहरु नदेखिन पनि सक्छ । कतिसम्म भने विरामीलाई सास फेर्न कठिनाइ पनि महसूस भइनरहेको हुन सक्छ । यो अवस्थालाई साइलेन्ट हाइपोक्सिया (Silent hypoxia) भनिन्छ । साइलेन्ट हाइपोक्सिया हुँदा ७०–८० सम्म अक्सिजन पुग्छ यही कारण नै बेलाबेलामा समस्या भए पनि नभए पनि होम आइसोलेनमा बसेकाले पल्सअक्टिमिटरले जाँच गरिबस्नुपर्छ ।

डा. दास अगाडि भन्छन्, ‘अक्सिजन कम हुँदा पनि शरीरमा रोगका अन्य लक्षणहरु नदेखिन पनि सक्छ । कतिसम्म भने विरामीलाई सास फेर्न कठिनाइ पनि महसूस भइनरहेको हुन सक्छ । यो अवस्थालाई साइलेन्ट हाइपोक्सिया (Silent hypoxia) भनिन्छ । साइलेन्ट हाइपोक्सिया हुँदा ७०–८० सम्म अक्सिजन पुग्छ यही कारण नै बेलाबेलामा समस्या भए पनि नभए पनि होम आइसोलेनमा बसेकाले पल्सअक्टिमिटरले जाँच गरिबस्नुपर्छ । शरीरमा अक्सिजनको तह ९२ भन्दा तल पुगेमा तत्कालै अस्पताल जानुपर्छ । अन्यथा, शरीरमा अक्सिजनको अभावले आइसोलेशनमा बसेकाहरु थाहा नपाइकनै एकैपटकमा गम्भीर अवस्थामा पुग्न सक्छन् ।रातो पार्टी साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु